काठमाडौं । सञ्चालनमा रोक लगाइएको छ। मतदान कार्य सम्पन्न नहुन्जेलसम्म कडा सुरक्षा व्यवस्था कायम गर्न यस्तो निर्णय गरिएको हो।
निर्वाचन आयोग ले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई सवारी सञ्चालनमा रोक लगाउन सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार आज राति १२ बजेदेखि भोलि साँझ ५ बजेसम्म सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरे ले जानकारी दिनुभयो।
उहाँका अनुसार तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिइएको छ—
सञ्चालन अनुमति प्राप्त सवारीसाधन
अतिआवश्यक सेवाका सवारी
एम्बुलेन्स
दमकल
शववाहन
रक्तसञ्चारका सवारीसाधन
खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी
कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन
निर्वाचन आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत पास प्राप्त सवारीसाधन
आयोगले सवारी बन्द हुनुअगावै आवश्यक गन्तव्यमा पुग्न मतदाता तथा सर्वसाधारणलाई आग्रह गरेको छ। निर्वाचन अवधिमा सवारी प्रयोगसम्बन्धी कुनै समस्या वा अवरोध आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि अनुरोध गरिएको छ। आवश्यक परेमा सुरक्षा निकायले आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाएको छ।