बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मतदान गर्दा परिचयपत्र अनिवार्य, यी हुन् परिचय खुल्ने ६ प्रकारका परिचयपत्र

बुधबार, फाल्गुन २० २०८२

काठमाडौँ । मतदानका लागि केन्द्रमा जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताको सहजताका लागि मतदान प्रक्रिया तथा आवश्यक कागजातबारे विस्तृत जानकारी गराइएको बताए। उनका अनुसार मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयंसेवकमार्फत घर–टोलमै पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

मतदानका लागि आवश्यक कागजात

मतदाता परिचयपत्र (अनिवार्य)

परिचयपत्र हराएको/नासिएको भए:

नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल)

राहदानी (पासपोर्ट)

राष्ट्रिय परिचयपत्र

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)

जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)

उपरोक्तमध्ये कुनै एक सक्कल कागजात देखाएर पनि मतदान गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने आयोगले देशका सबै मतदान केन्द्रमा शारीरिक रूपमा अशक्त भएका, वृद्धवृद्धाहरू, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रूपमा आफैले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरूको लागी विशेष व्यवस्था गरेको छ ।

शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्ने आयोगले जानकारी दिएको छ ।