बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सुमेरु अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण

बिहिबार, साउन १६ २०७६

काठमाडौं साउन,१६– पहिलोपटक सुमेरु अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालले दुई जनामा  मिर्गौला प्रत्यारोपण गरेको हो ।  मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेको नेतृत्वमा  शुक्रानी योञ्जन र विकास गुरुङको सफल मिर्गौला प्रत्यारोपण   गरिएको अस्पतालले जनाएको छ । 
डा काफ्लेका अनुसार  दुवै जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको हो । 
सरकारले अस्पतालको पूर्वाधार टिम हेरेपछि   ५ महिना अगाडि प्रत्यारोपणका लागि  स्वीकृति दिएको उनको भनाइ छ । उनले भने,  ‘हामीले भविष्यमा सर्वसुलभ तरिकाले प्रत्यरोपणलाई निरन्तरता दिने सोचेका छौं ।’ सुमेरु अस्पतालसँगै  नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालको संख्या ८ पुगेको छ।