बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

ठूला व्यावसायिक संस्थामा विप्लवको आतंक

बिहिबार, साउन १६ २०७६

काठमाडौं । १५ र १६ साउनमा १२ जिल्लामा रहेका एनसेल र एनटिसीका टावरमा आगजनी र बम विष्फोट भएको छ ।

सबैजसो विष्फोट र आगजनी रातको समयमा भएको छ । आगजनी र बम विष्फोट गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ललितपुर, झापामा, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलबस्तु, डडेल्धुरा र कैलाली रहेका रहेका एनसेल टावरमा विष्फोट आगजनी भएको हो ।

त्यसैगरी अर्घाखाँचीमा एउटा एनटिसीको टावरमा पनि आगजनी भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार आह्वान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा अधिकांश एनसेल टावरमा आगजनी भएको हो ।

आगजनी र विष्फोटमा विप्लव समूहकै संलग्नता हुनसक्ने आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् ।