एजेन्सी । भिडियो सञ्जाल युट्युबले २८ खर्ब रुपैयाँ कमाएको छ । यो रकम भनेको नेपालको बार्षिक बजेटको झण्डै दोब्बर बराबर हो । नेपालको बजेट वार्षिक १५ खर्ब जति छ । लगानीकर्ताहरु सामान्यतः गुगलको आम्दानीमा युट्युबले २० प्रतिशत योगदान गरेको हुनसक्ने बताउँछन् । गत वर्ष गुगलले १ खर्ब ३७ अर्ब डलर आम्दानी गरेको थियो ।
एउटा अनुमानअनुसार युट्युबले वार्षिक करिब २८ खर्ब रुपैयाँ (२५ अर्ब डलर) सम्म कमाउँछ ।
वालस्ट्रिट विश्लेषकहरु समेत युट्युबले द ग्याप, जनरल मिल्स वा नेटफ्लिक्सलेभन्दा धेरै कमाउने विश्वास गर्छन् । यसले भिडियो सेवा प्रदायकमध्ये ‘फच्र्युन ५००’मा पर्ने आधा कम्पनीलाई पछि पारेको छ ।
यद्यपि वित्तीय तथ्यांकहरु अझैसम्म गोप्य छन् । युट्युबका हिसाब किताबका सबै विषयहरु गुगलसँग गएर जोडिन्छन् । गुगलले युट्युबको छुट्टै आम्दानी तथ्यांक सार्वजनिक गर्दैन ।