म्याग्दी । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।
बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।