शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, तीन घाइते

बिहिबार, माघ २९ २०८२

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोटतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

ग १ ज ८०९९ नम्बरको बोलेरो जिप आज (बिहीबार) बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो। त्रिपुराकोट प्रहरी चौकीका अनुसार दुर्घटनामा त्रिपुरासुन्दरी–३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको हो।

दुर्घटनामा जिउ गाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी–४ रंगकी ४५ वर्षीया रमा बोहोरा तथा चालक सल्यानको कुमाख गाउँपालिका निवासी २५ वर्षीय एलिस बुढाथोकी घाइते भएका छन्।

घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।