बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

देउखुरीमा अटोरिक्सा–टिपर ठोक्किँदा एकको मृत्यु, पाँच जना घाइते

बिहिबार, माघ २९ २०८२

दाङ । दाङको देउखुरी क्षेत्र अन्तर्गत कालाकाटेमा अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको अटोरिक्सालाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ।