शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चितवनमा सडक दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

बिहिबार, माघ २९ २०८२

चितवन । चितवनको भरतपुर महानगरपालिका–गीतानगर क्षेत्रमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ निवासी ४४ वर्षीय मीनबहादुर खत्रीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको अटोरिक्सालाई विपरीत दिशाबाट आएको स्कारपियो गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका अन्य चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।