काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान साढे ८ बजे अनलाइन माध्यमबाट बस्ने कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, काँग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका तथा केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी विषयमा छलफल हुने एजेन्डा रहेको दुलालले बताए ।