काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनले जनताको मन जितेको अवस्थामा त्यो मनबन्धन भत्काउन कठिन हुने टिप्पणी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार शीर्ष नेताबीच संवाद भएको चर्चाबीच उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत बास्कोटाले सर्वोच्च अदालतको संसद् पुनर्स्थापनासम्बन्धी निर्णयप्रति व्यंग्य गर्दै राजनीतिक सन्देश दिएका छन्। उनले सर्वोच्चले संसद् पुनःस्थापनाको आशामा हिउँ बर्साएको भन्दै चुनावी तयारीतर्फ ध्यान दिनुपर्ने संकेत गरेका छन्।
बास्कोटाले लेखेका छन्, ‘सर्वोच्चले संसद् पुनःस्थापनाको आशामा हिउँ बर्साएछ, अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छदैँछ।’
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा बास्कोटा उम्मेदवार बनेका छैनन्।