बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

आइतबार, साउन १२ २०७६

काठमाडौं साउन, १२–
नागार्जुन नगरपालिका २ सानोभर्याोङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन तामाङ र चन्द्रागिरी नगरपालिका(१४ नैकाप बस्ने २८ वर्षीय मिरङ पुन रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ग.९ प ६०९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कागजपत्र नभएपछि कारवाहीबाट बच्नका लागि दिएको सहित दुवै जनालाई पक्राउ गरेको हो ।  
यसैगरी काठमाडौं महानगरपालिका २८ स्थित रणोदिप पुलबाट प्रहरीलाई नगद ४ सय रुपैयाँ दिई आर्थिक प्रलोनभमा पार्न खोज्ने सिराहा औरही गाउँपालिका(४ बस्ने २५ वर्षीय आशिष आनन्द कुमार यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले बिना हेल्मेट स.९ प ३२०९ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारेपछि कारबाहीबाट बच्न दिएको उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।