श्रावण १२, काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका खरिदार युक्तप्रसाद श्रेष्ठले बालाजुको माछापोखरी सपिङ मलबाट हामफालेर आत्महत्या गरेका छन् । उनले केहीबेरअघि आत्महत्या गरेको बताइएको छ ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ८६ जग्गाधनी तथा मोही परेका थिए । मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालका पत्नी उमाकुमारी र रामकुमार सुवेदीकी पत्नी माधवी पनि छन् ।
अरु व्यक्तिहरु पनि छानविनको दायरामा आएका छन् । ‘अनुसन्धानका क्रममा रहेकाले कोको छन् भनेर भन्न मिल्दैन’ अख्तियारका प्रवक्ता कोइरालाले भने, ‘सार्वजनिक जग्गा पहिलो पटक जसको नाममा गएको थियो, उनीहरुमध्ये सम्पर्कमा नआएकाहरुका लागि मात्र सूचना निकालिएको हो ।’
विस्तृत समाचार केहीबेरमा ।