काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका सहिदहरूले रोपेको बताएका छन्।
सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ सहिदहरूले रोपेको उल्लेख गरे ।
उनले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्युदण्ड दिएको स्मरण गर्दै त्यस्तो शासनको अन्त्य गर्न कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनले महत्त्वपूर्ण योगदान गरेको बताए।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा भनेका छन्, “निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो। आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको बलिदानले रोपेको हो।”
उनले सहिदको बलिदान कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रको रक्षा गर्न सदा अडिग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।