शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

शुक्रबार, माघ १६ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज लैनचौरस्थित सहिद स्मारक पुगेर ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

सहिद सप्ताहको अन्तिम दिन प्रधानमन्त्री कार्कीले इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रताका लागि आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूलाई सम्मान गरेकी हुन् ।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ। साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान, लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

सन्दर्भमा, आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो। शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गी सहितको प्रभातफेरी सहिद उद्यानमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो।

सभामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरू उपस्थित थिए। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन र स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने धारणा व्यक्त गरिन् ।

सरकारले सहिद दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।