बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रिय युवा संघ नेपालको नेतृत्व आज हस्तान्तरण हुँदै, महाराज गुरुङ अध्यक्ष बन्ने

शुक्रबार, माघ १६ २०८२

काठमाडौँ । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आज संगठनको नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका छन्।

एमालेबाट ताप्लेजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेपछि थेबेले संगठनको जिम्मेवारी छोड्न लागेका हुन् । यसअघि पोखरामा सम्पन्न महाधिवेशनका क्रममा भएको भद्र सहमतिअनुसार उनले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्न लागेकाे जनाइएको छ ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा युवा संघको आयोजनामा केन्द्रीय युवा परिषद्को पहिलो बैठक बस्दैछ । सोही बैठकमार्फत पोखरामा सम्पन्न महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका उपाध्यक्ष गुरुङ औपचारिक रूपमा अध्यक्ष चयन हुने कार्यक्रम रहेको छ ।