बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मौद्रिक नीतिले पनि बढाउन सकेन सेयर बजार, सबै सुचक रातै

बिहिबार, साउन ९ २०७६

काठमाडौं, साउन ९ । मौद्रिक नीति घोषणपछि सेयर बजार बढ्ने आशामा बसेका लगानीकर्ता निराश भएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले बुुधबार आर्थिक बर्ष २०७६—०७७ को मौद्रिक नीति घोषणा गरे । तर त्यसको प्रभाव नेप्सेमा भने नकारात्मक देखिएको छ ।

मौद्रिक नीति घोषणा पछिको पहिलो दिन अर्थात आज बिहिबारको सेयर बजार पुरै नकारात्मक देखिएको छ । नेप्से आज १४ दसमलव १५ अंकले घटेर १२ सय ६९ दसमलव ९२ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुुई दसमलव ६६ अंकले घटेर दुुई सय ७३ दसमलव ४७ अंकमा झरेको छ ।

आज एक सय ७१ कम्पनीहरुको सात हजार १६ वटा कारोवारमा २१ लाख ९८ हजार एक सय २६ कित्ता सेयर किनबेच हुुंदा सेयर कारोवार रकम ५५ करोड पाँच लाख ३२ हजार एक सय ४६ रुपैयाँ पुुगेको छ ।  आज १२ वटा समुहको कारोवार हुुंदा सबै समुहले गुमाएकाछन ।

ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ५६ अंकले घटेर ११ सय ४८ दसमलव ४२ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि १८ दसमलव ७६ अंकले घटेर १६ सय २३ दसमलव २० अंकमा झरेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानीकोष समुहको सुचक पनि घटेकाछन ।

कमाउने कम्पनीहरुको सुचीमा आज नेपाल ल्युुव आयल, श्रीराम सुुगर मिल्स आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा युनियन हाईड्रो पावर कम्पनी, नेशनल माईक्रो फाईनान्स लघुुबित्त बित्तीय संस्था आदि परेकाछन । यसैगरी रकम कारोवारका आधारमा भने प्रभु बैंक, नेपाल बैंक आदि परेकाछन ।