बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एभरेष्ट इन्स्योरेन्सद्धारा रक्तदान

मंगलबार, साउन ७ २०७६

साउन ७ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो २५ औं बार्षिक उत्सवको अवसर पारेर यही साउन सात गते मंगलबार प्रधान कार्यालय हात्तिसारमा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त संचार सेवाको सहकार्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेतगरि जम्मा ३६ जनाले रक्तदान गरेका थिए ।

कम्पनीका अनुुसार रक्तदान गर्नेहरुलाई कम्पनीका प्रमुुख कार्यकारी अधिकृत कमल गौत्तमले बिशेष धन्यवाद सहित प्रमाणपत्र बितरण गरेका थिए ।