बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घोटालामा प्रतिवेदनमा ओलीले चित्त दुखाए

मंगलबार, साउन ७ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैली उपयुक्त नभएको बताएका छन् ।

 

प्रतिष्ठानको तेस्रो सभा बैठकलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।

प्रतिष्ठानमा अनियमितता भएको विषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो ।

समितिको हवाला दिँदै  प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए ।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए ।

‘समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ’, प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो? समितिमा हुने सदस्यहरू छानबिन गर्ने कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरूले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।’