शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री प्रचण्डबिच भेटघाट

बिहिबार, पुष २४ २०८२

काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।

बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्त दाहाललाई भेट्न उनकै निवास पुगेका थिए ।

दत्त नेपालमा फिल्म छायांकनका लागि आएका हुन् ।

प्रचण्डकी नातिनी स्मिता दाहालमार्फत दुई जनाको भेट भएको प्रचण्डको सचिवालयले जनाएको छन् ।

यी दुईबिच के विषयमा कुराकानी भयो त्यसबारे भने खुलाइएको छैन ।