बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनएमबि बैंकद्वारा नयाँ कर्पोरेट अभियान आरम्भ

सोमबार, साउन ६ २०७६

काठमाडौं साउन, ६–
एनएमबि  बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको छ ।
बैकका अनुसार ‘हामी देख्छौं अपार संभावना’ को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसरहरू देख्न सक्ने प्रयासको सकारात्मक अर्थलाई बिम्वित गर्दछ । यसले आत्मविश्वासको भावना  उत्पन्न गर्ने प्रयास गर्छ, यस मार्फत् बैंकले मुलुकको असीमित स्रोत साधनको उपयोग गर्नमा सहायता गर्नेछ, जसको माध्यमबाट सामान्य मानिसलाई सफल तुल्याउन सहयोग गर्न सक्नेछ ।
“यो अभियान ‘हामी देख्छौ अपार संभावना’ को मर्म भविष्यको लागि हाम्रो दूरदृष्टिमा केन्द्रित छ भने यसको व्यवसायिक मुल्यमान्यताको अन्तरंगबाट सृजित भएको छ । एनएमबि संग प्राप्त अवसरहरुलाई सशत्त mबनाउने र जे साधारण देखिन्छ त्यस भन्दा अगाडी देख्ने ऐतिहासिक सामथ्र्य रहदै आएको छ । हामी दृष्टिगोचर भन्दा अगाडी देख्नमा विश्वास राख्दछौं र त्यो नै हाम्रो सफलताको लागि उत्प्रेरक बन्ने गरेको छ । यो अभियानले हामी सबै नेपालीहरुका लागि नेपालमा प्रशस्त अवसरहरु छन् र एनएमबी बैक ती अवसरहरुलाई सफलतामा परिणत गराउनका लागि सहायता गर्न तत्पर छ भनी सम्पूर्ण सरोकारवालाहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं ।” बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।