शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि-बालेन गठबन्धनबाट डराएका छैनौँ, हार्ने डर पनि हामीलाई छैन: प्रचण्ड

बुधबार, पुष २३ २०८२

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको गठबन्धनबाट नडराएको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीका क्रममा उनले रवि र बालेनसँग आफूहरू डराउनुपर्ने कुनै कारण नभएको पनि बताए ।

‘उहाँहरूसँग डराउनुपर्ने कुनै कारण छैन । हामी रवि र बालेनको गठबन्धनबाट डराएका छैनौँ’, उनले भने, ‘उहाँहरूसँग हामी किन डराउने ? छैन, मलाई केही पनि डर छैन ।’

उनले रविलाई विगतमा आफूले अत्यन्त अप्ठ्यारो अवस्थामा साथ दिएको पनि स्मरण गरेका छन्।

‘रविलाई धेरै अप्ठ्यारो स्थितिबाट मैले डिफेन्ड गर्दै आएको हो । मैले उनलाई अप्ठ्यारोमा साथ दिएको हो’, उनले भने, ‘मेरै सरकारमा मैले दुई‍-दुई पटक उनलाई गृहमन्त्री पनि बनाएको हो ।’