काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा, बालेन शाह र उज्यालो नेपाल पार्टीको एकतालाई लक्षित गर्दै बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरेका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको बताएका हुन् ।
‘अहिले त्यस्तो स्थिति पनि होइन । यसो हेर्छन् । विशालकाय एमाले देखेको छ । अनि योसँग पनि मिलौं भनेको छ, ऊसँग पनि मिलौं भनेको छ ।’, ओलीले भने ‘विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ रु मुकाबिना हुन्छ रु’
देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेले( घरैमा । हामी चुनाव पर्खिरहेका छौं । कहिले होला रु फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने ।