शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्वगृहमन्त्री लेखकको दाबीः जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको थिन

सोमबार, पुष १४ २०८२

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् ।

आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूबाट लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको गोली प्रहार वा बल प्रयोगसम्बन्धी आदेश नदिइएको दाबी गरे ।

‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने कुनै खालको लिखित वा मौखिक आदेश दिएको छैन । दिनुपर्ने कारण पनि थिएन, र त्यसका लागि कानुनी व्यवस्था पनि छैन,’ उनले भने ।

पूर्वगृहमन्त्री लेखकले आफू अत्यन्तै पीडामा रहेर पदीय मर्यादा कायम राख्न राजीनामा दिएको जिकिरसमेत गरे । जेनजी आन्दोलनको क्रममा भएको घटनालाई लिएर विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला उनले आयोगसमक्ष आफ्नो धारणा स्पष्ट पारेका हुन् ।