बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नियन्त्रित लागूऔषध सहित पक्राउ

शुक्रबार, साउन ३ २०७६

३ साउन, स्याङजा । वालिङ नगरपालिका ८ स्थितबाट अर्जुन चौपारी गाउँपालिका २ बस्ने २२ वर्षीय अरबिन परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल, नोर्फिन २५ एम्पुल र नाईट्राभेट ट्याबलेट ६ पिस सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।