काठमाडौं । न्यायपरिषद्ले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ ।
दुई वर्ष पुगेका न्यायाधीशहरूको अर्को अदालतमा सरुवा गर्ने निर्णय बिहीबार बसेको परिषद् बैठकले गरेको हो ।
न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सरुवा गरेका हुन् । नयाँ आर्थिक वर्ष सुरु भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन् ।
प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष हुने व्यवस्था छ ।