शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रवि लामिछाने आज चितवनमा हुने, दिउँसो काठमाडौं फर्किने

शनिबार, पुष ५ २०८२

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शनिबार) चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन्।

रास्वपाका अनुसार भरतपुर महानगरपालिका–स्थित चौबिसकोटीमा आयोजना हुने कार्यक्रममा सभापति लामिछाने सहभागी भई विशेष तथा छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम बिहान ११ बजे सुरु हुने बताइएको छ।

पार्टीका प्रवक्ता मनिष झाले सभापति लामिछाने दिउँसो काठमाडौं फर्किएपछि जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्ने कार्यक्रमको सुरुवात गर्ने जानकारी दिए ।

प्रवक्ता झाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेख्दै भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टीघरमा सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने शुक्रबार मात्र बिगो रकम बुझाएर शर्तसहित रिहा भएका थिए। उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।