बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपाद्वारा सातै प्रदेशका समानुपातिक प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक

शुक्रबार, पुष ४ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सातै प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।

पार्टीका अनुसार प्रदेशस्तरको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारहरूसँग यही पौष ५ गते सातै प्रदेशमा छलफल कार्यक्रम आयोजना गरिनेछ।

उम्मेदवार छनोट रूपरेखाअनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ।