शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले महाधिवेशन : ओली पक्षको वर्चस्व, अधिकांश पदाधिकारी निर्वाचित (सूचीसहित)

बिहिबार, पुष ३ २०८२

काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरका साथ विजयी भए। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले अपेक्षित मत ल्याउन सकेनन्। महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजय हासिल गरेका छन्।

संस्थापन इतर अर्थात् ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन्। कुल १९ सदस्यीय पदाधिकारीमा १७ जना संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन्।

यी हुन् विजयी पदाधिकारी

अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
महासचिव : शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल