शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ओली तेस्रोपटक एमालेकाे अध्यक्षमा निर्वाचित

बिहिबार, पुष ३ २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओलीले तेस्रोपटक पार्टीको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।

अन्तिम मतपरिणामअनुसार ओलीले १,६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मतमा चित्त बुझाए। दुवै उम्मेदवारबीच १,०९९ मतको स्पष्ट अन्तर देखिएको छ।

महाधिवेशनअन्तर्गत भएको मतदान र मतगणनामा ओली पक्षको स्पष्ट वर्चस्व देखिएको थियो। अध्यक्षसँगै अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूमा पनि ओली प्यानलका उम्मेदवारहरूको अग्रता कायम रह्यो।

यस जितसँगै ओलीले पार्टीको आगामी राजनीतिक दिशा र रणनीति तय गर्ने जिम्मेवारी पुनः आफ्नो काँधमा लिएका छन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए ।