काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा सुरुवाती मतपरिणाम सार्वजनिक भएको छ।
जसअनुसार अध्यक्षमा केपी शर्मा ओली अर्का प्रत्याशी ईश्वर पोखरेल भन्दा धेरै अघि देखिएका छन् भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा टक्कर देखिएको छ ।
प्रारम्भीक मतपरिणाम यस्तो छ
अध्यक्ष
उम्मेदवार मत संख्या
केपी शर्मा ओली ३३३
ईश्वर पोखरेल ११०
उपाध्यक्ष
उम्मेदवार मत संख्या
विष्णु प्रसाद पौडेल १७३
पृथ्वी सुब्बा गुरूङ १७१
राम बहादुर थापा १५३
गोकर्णराज विष्ट १३२
रघुजी पन्त १२३
गुरु प्रसाद बराल १०९
डा. विन्दा पाण्डे ९८
परशुराम मेघी गुरूङ ४७
टंक प्रसाद कार्की ४३
अरूण नेपाल ३८
भिमप्रसाद आचार्य २७
महासचिव
उम्मेदवार मत संख्या
शंकर पोखरेल ११५
सुरेन्द्र प्रसाद पाण्डे १०८
उपमहासचिव
उम्मेदवार मत संख्या
लेखराज भट्ट १४७
योगेश भट्टराई १४०
रघुवीर महासेठ १२६
विष्णु प्रसाद रिमाल १०५
आनन्द प्रसाद पोखरेल ७१
वैजनाथ चौधरी ५४
सचिव
उम्मेदवार मत संख्या
पद्मा कुमारी अर्याल १५२
महेश बस्नेत १५०
छविलाल विश्वकर्मा १४५
शेरधन राई १४१
हिक्मत कुमार कार्की १३८
खगराज अधिकारी १३२
राजन भट्टराई ११३
भानुभक्त ढकाल १०७
गोकुल प्रसाद बास्कोटा १०४
कर्ण बहादुर थापा ९३
ठाकुर प्रसाद गैरे ९३
रचना खड्का ८३
विनोद प्रसाद ढकाल ८२
लालबाबु पण्डित ७३
अग्नि प्रसाद खरेल ७७
पुरूषोत्तम पौडेल ५९
पेम्बा लामा ५०
इन्द्रलाल सापकोटा ४१
कृष्ण गोपाल श्रेष्ठ ५
आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।