काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। हालसम्म ३१२ मत खसेको छ।
मतदानमा एक जनालाई ४० मिनेटसम्म समय लागेको बताइँदा, सम्पूर्ण मतदान सकिन कम्तिमा १० घण्टा लाग्ने अनुमान गरिएको छ। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिष्पर्धा भइरहेको छ।
मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई घण्टा १५ मिनेटमा ३५० मतदान भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, “यो रफ्तारमा मतदान भएको खण्डमा दुई घण्टाभित्रै नतिजा आउनेछ। यही क्रममा भए १० बजेभन्दा अघि नै नतिजा सार्वजनिक हुने सम्भावना छ। महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेर महाधिवेशनलाई आजै औपचारिक रूपमा समापन गर्ने दिशातिर जाँदैछौँ।”
गौतमले मतदानस्थलका लागि आजसम्म समय उपलब्ध नभएको र विशेष अनुमति लिएर आजको मतदान सम्पन्न गर्नुपर्ने बाध्यता रहेको पनि बताए।