काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
थापाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने तयारीका लागि राजीनामा दिएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य रहेका थापा २०७९ को निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएपछि राष्ट्रपतिको सल्लाहकार नियुक्त भएका थिए । उनी पछिल्लो समय कांग्रेसभित्र गगन थापाको पक्षमा उभिएका बताइएको छ ।
थापाले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नका लागि आवश्यक कदम उठाउँदै राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।