शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राजेन्द्र गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिए

मंगलबार, पुष १ २०८२

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदका लागि उम्मेदवार बनेका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नपरेका कारण उनले यस पदका लागि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने उद्देश्यले उम्मेदवारी दिएका थिए ।

यद्यपि, खुला केन्द्रीय सदस्य पदका लागि उनको उम्मेदवारी भने कायम रहेको छ ।

एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज निर्वाचन भइरहेको छ ।