शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो

मंगलबार, पुष १ २०८२

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मौसम मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस दर्ज भएको छ । हिजो सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो ।

महाशाखाका अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे पुनः मापन गरिनेछ । सो समयमा हालको मापनभन्दा तापक्रम अझै घट्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा दैनिक रूपमा न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । मौसमविद्का अनुसार न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।