काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक रूपमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन बोलाइएको छ।
बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लास्तरबाट सिफारिस भएका उम्मेदवारहरूबारे छलफल हुने बताइएको छ।