शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्वमन्त्री आमाेदप्रसाद उपाध्याय ढुंगेलको निधन

आइतबार, मंसिर २८ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमाेदप्रसाद उपाध्याय ढुंगेलको शनिबार साँझ काठमाडौँको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

लामो समयदेखि मुखको क्यान्सरबाट पीडित उपाध्यायको निधन भएको जानकारी कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले दिए।

उपाध्याय २०५६ सालमा शिक्षामन्त्रीसमेत बनेका थिए। पटक–पटक कांग्रेसको केन्द्रीय सदस्य चयन भएका उनी प्रतिनिधिसभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गर्दै सांसदसमेत रहेका थिए ।