शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, काे-काे बन्दै छन् मन्त्री ?

शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

सरकारले चार जना नयाँ मन्त्री नियुक्त गर्न लागिरहेको स्रोतले जनाएको छ।

नयाँ मन्त्री बन्नेमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन्। श्रद्धा श्रेष्ठ हाल नेपाल पर्यटन बोर्डकी कर्मचारी हुन्, जसलाई समावेश गर्दै अन्तरिम सरकारमा नयाँ संरचना थपिने भएको हो।

नवनियुक्त मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।