शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले नेता शेरधन राईले ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने

शुक्रबार, मंसिर २६ २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११औँ महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने तयारी गरेको खुलासा गरेका छन्। लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिंदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा अघि बढाउने वातावरण बनेको बताए ।

सञ्चारकर्मीसँग विहीबार काठमाडौँमा कुरा गर्दै राईले पार्टीका विभिन्न तहका नेतृत्वमा क्रमशः अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद आफ्नो स्वाभाविक दाबी भएको बताए। राईका अनुसार १०औँ महाधिवेशनताका पनि पदाधिकारीमा जाणे चाहना रहेको भए पनि सहमतिको कारण स्थायी कमिटीमै समेटिनुपरेको थियो।

आफू पार्टीका कठिन चुनौती र संकटका क्षणमा पनि अडिग रूपमा उभिइ आएको दाबी गर्दै राईले थप भने, “म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।”