काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समितिको बैठक बिहीवार बिहान पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ।
महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मको तयारी र आगामी कार्ययोजना सम्बन्धी छलफल बैठकमा सुरु भएको छ।
बैठकमा जनपरिचालन तयारीको विषयमा पनि विशेष ध्यान दिइने बताइएको छ। आज १४ वटा समितिका संयोजकहरूले आफ्ना–आफ्ना पक्षबाट गरिएको तयारीका बारेमा जानकारी दिने छन्।
साथै, सबै समितिहरूले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनका लागि आवश्यक छलफल गरिने अपेक्षा गरिएको छ।