शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते

बिहिबार, मंसिर २५ २०८२

काठमाडौं । डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट खसेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर रोशनराज पाण्डेका अनुसार दुर्घटनास्थलबाट सबै २२ घाइतेलाई तत्काल उद्धार गरी लमही अस्पताल पुर्‍याइएको छ। दुर्घटनाग्रस्त बसमा ३८ जना यात्रु सवार रहेको प्रारम्भिक तथ्यांकमा उल्लेख छ।

बस चालकले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयान अनुसार बसको पट्टा भाँचिएर सवारी अनियन्त्रित बन्दै दुर्घटनामा परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।