शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँको टाेलीबीच छलफल, माग सम्बोधनतर्फ सरकारको प्रतिबद्धता

मंगलबार, मंसिर २३ २०८२

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका प्रतिनिधि टोलीसँग सोमबार भेटघाट तथा विस्तृत छलफल गरेकी छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको टोलीसँगको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र मुख्य सचिव सुमनराज अर्याल सहभागी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। भेटघाटको सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले गरेका थिए ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकारले बेथिति र भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर प्रयासरत रहेको विचार व्यक्त गरिन्। प्रसाईँले अघि सारेका मागमध्ये धेरै जसो मुद्दा पहिल्यैदेखि उठ्दै आएका भएकाले तिनको सम्बोधन सरकारको दायित्व भएको बताउँदै उनले ऋण मिनाहा सम्बन्धी विषय राज्यले वहन क्षमताका आधारमा पुनर्विचार गर्नुपर्ने धारणा राखिन् ।

बैठकमा उठेका मागका विषयमा आगामी दिनमा थप छलफल अघि बढाउने सहमति भएको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रसाईँले प्रधानमन्त्री कार्कीलाई भगवती दुर्गाको मूर्ति उपहारस्वरूप प्रदान गर्नुभएको थियो। साथै सरकार आफ्ना माग सुन्न तयार रहनु सकारात्मक भएको भन्दै उनले गृहमन्त्री अर्यालको पनि प्रशंसा गरे ।

भेटपछिको पत्रकार भेटघाटमा प्रसाईँले सर्वदलीय सहमतिमार्फत जनमत सङ्ग्रहमा जाने माग राखेको जानकारी दिए । साथै प्रधानमन्त्री कार्कीले पुस २ गतेसम्म उक्त विषयमा निर्णय आउने आश्वासन दिएको उनको भनाइ थियो।

प्रसाईंले दिए प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति उपहार

दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिनुभएको छ ।

आफ्ना विभिन्न मागसहित सिंहदरबार पुग्नुभएका प्रसाईंले प्रधानमन्त्री कार्कीलाई मूर्ति प्रदान गरेका थिए ।