बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सर्वोच्चको फैसला न्यायको जीत हो : हितेन्द्र शाक्य

मंगलबार, मंसिर २३ २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यले सर्वोच्च अदालतबाट पुनःबहाली पाएका छन्।

न्यायालयको निर्णयपछि उनले यसलाई “न्यायको जीत”का रूपमा व्याख्या गर्दै आफूले ठूलो राहत महसुस गरेको बताए ।

शाक्यले भने, “न्यायलयको निर्णयले राहत महसुस भएको छ।” उनले आफ्नो योग्यता, क्षमता र जिम्मेवारीअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्याए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले सोमबार शाक्यका पक्षमा परमादेश जारी गर्दै कार्यकारी निर्देशकमा पुनःबहालीको आदेश दिएको हो।

गत असोज ५ गते सरकारले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइ जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई नयाँ निर्देशक नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।