काठमाडौँ । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तारी नगरे देशभर विरोध प्रदर्शन सुरु गर्ने चेतावनी दिएका छन्।
आइतबार फेसबुकमा स्टाटस पोष्ट गर्दै गुरुङले भदौ २३ काे जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा सरकारका तर्फबाट भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए। उनले गृहमन्त्रीकै निर्णय क्षमता परीक्षण भइरहेको उल्लेख गर्दै लेखे— “अब हामी गृहमन्त्रीमा हिम्मत छ कि छैन भनेर हेर्दै छौँ। उनले जति पटक ‘छानबिन आयोगको लागि पर्खनुहोस्’ भने, अब त्यसको समय सकिएको छ।”
गुरुङले स्पष्ट चेतावनी दिँदै थपेका छन्, “यदि अब पनि बोली अनुसार काम भएन भने देशभर विरोध प्रदर्शन हुनेछ, र त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनुपर्नेछ।”