शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेश प्रदेशमा मन्त्रिमण्डल भागबण्डा टुंगियो, मुख्यमन्त्री यादवकाे आज शपथ

आइतबार, मंसिर २१ २०८२

काठमाडौँ । मधेश प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कृष्ण यादव आज शपथ ग्रहण गर्न लागेका छन्। शनिबार राति भएको दलगत बैठकमा मन्त्रालयहरूको भागबण्डा टुंगो लागेसँगै शपथका लागि मार्ग खुलेको हो।

छलफलपछि बनेको सहमति अनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउने भएको छ। त्यसैगरी नेकपा एस र समाहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि तीन–तीन मन्त्रालय प्रदान गरिने बताइएको छ।

मुख्यमन्त्री नेतृत्व गरेको नेपाली कांग्रेसले दुई मन्त्रालय सम्हाल्नेछ। जनमत पार्टीलाई पनि दुई मन्त्रालय दिने सहमति भएको छ।

यसैगरी विश्वासको मत नपाएर सरकारबाट अलग भएको लोसपा नेपालले समेत दुई मन्त्रालय पाउने तयारी भएको स्रोतले जनाएको छ।