काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय सम्झौताको माग गर्दै मंसिर २३ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। किराँत, बौद्ध तथा सनातन हिन्दु अधिराज्यको स्थापनाका लागि आयोजना गरिने आन्दोलनको जानकारी पार्टीले सार्वजनिक गरेको छ।
आन्दोलन परिचालन समितिका संयोजक ज्ञानेन्द्र शाहीले शुक्रबार पत्रकार सम्मेलनमा गोलमेच सम्मेलनमार्फत गरिने त्रिपक्षीय सहमतिले मात्र देशलाई निकास दिने विश्वास व्यक्त गरे। राप्रपाले संविधान संशोधन र प्रदेश संरचना खारेजीको माग पनि अघि सारेको छ।
प्रवक्ता शाहीले मंसिर २३ को आन्दोलन राप्रपा आयोजन गर्ने भए पनि आमजनता राष्ट्रिय झण्डामा एकजुट भएर सडकमा आउँने बताए। उनीहरूले भने, “सडकमा युद्ध जिते, सम्झौतामा हारे। प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभा राख्नुको औचित्य जेनजीले बुझेनन्। प्रतिनिधि सभामा बहुमत आए पनि राष्ट्रिय सभाले अनुमोदन नगरेसम्म कानून पारित हुँदैन।”
शाहीले जेनजीको आन्दोलन अधुरो रहेको र नयाँ सम्झौता आवश्यक रहेको आफूहरूको धारणा रहेको बताए। राप्रपाले चुनावमा हारका कारण आएका व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै त्रिपक्षीय सहमति माग गरेको छ।