शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक

शुक्रबार, मंसिर १९ २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज अपराह्न ४ बजे सर्वपक्षीय बैठक बस्दैछ। बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सर्वपक्षीय बैठकमा ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि बोलाइएको छ। साथै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने छ।

सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ। निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने पुराना तथा नयाँ दलहरूले चुनाव केन्द्रित गतिविधि अगाडि बढाइरहेका छन्।