शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री कार्कीले आह्वान गरेकाे सर्वपक्षीय बैठक आज

शुक्रबार, मंसिर १९ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाउने उद्देश्यले आज सर्वपक्षीय बैठक बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रमुख राजनीतिक दलका जेनजी प्रतिनिधिसहित सुरक्षा निकाय, निर्वाचन आयोग र अन्य निर्वाचनसम्बन्धी सरोकारवाला निकायलाई समेत सहभागी गराइनेछ। सरकार निर्वाचन नजिकिँदै गर्दा आवश्यक समन्वय र तयारीबारे निरन्तर छलफल गर्दै आएको छ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने निर्धारण भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेपछि नेपाली कांग्रेस, एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलले निर्वाचनमुखी गतिविधि अघि बढाएका छन्।