बागमती। पछिल्लो केही दिनयता बढेको चिसो र शीतलहरका कारण मकवानपुरलगायत जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढ्दै गएको छ।
हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र ग्रामीण स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका समस्या र निमोनियामा पीडित भएका छन्।
हेटौँडा अस्पतालका निमित्त निर्देशक डा। रामचन्द्र सापकोटाका अनुसार, दैनिक रूपमा ५०–६० जना बिरामी यही समस्यासहित अस्पताल पुगिरहेका छन्।
जिल्लाका अन्य स्वास्थ्य संस्था जस्तै मनहरि अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, र बकैया आधारभूत अस्पतालमा पनि बिरामीको चाप बढेको जिल्ला जनस्वास्थ्य प्रमुख किरण श्रेष्ठले जानकारी दिए।