बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पार्टी निर्देशन उल्लङ्घन आरोपमा राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त

बुधबार, मंसिर १७ २०८२

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन्। राप्रपाको आधिकारिक सिफारिसपछि उनी बर्खास्तमा परेकी हुन्।

कार्य परामर्श समितिमा गरिएको सहमति अनुसार मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने कार्यक्रम रहेकाे छ। हाउस कल भएको दिन पदमुक्तको सूचना जारी गर्न नमिल्ने प्रावधानका कारण सूचना भाेलिलाई सारिएको छ।

बिच्छाले कात्तिक २४ मा सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारमा वनमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। तर पार्टीले दिएको निर्देशन अनुसार तत्काल फिर्ता हुन भनिए पनि उनले अटेर गरेपछि राप्रपाले स्पष्टीकरण सोधेको थियो। निर्धारित समयभित्र उनले जवाफ नदिएपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी सांसदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो।

पार्टीको सो निर्णयसँगै बिच्छाको मन्त्री र सांसद दुवै पद अन्त्य भएको छ।